मंगलबार, ११ कार्तिक २०८२

इभी माइक्रो दुर्घटना हुँदा वृद्धाको मृत्यु

समयपोष्ट २०८२ कार्तिक ११ गते १४:०९

Advertisement

चितवनबाट लमजुङ सदरमुकाम बेसीशहरतर्फ जाँदै गरेको इभी माइक्रोबस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

मंगलबार दिउँसो १२ः१५ बजे तनहुँको आबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा भएको दुर्घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी श्रवणकुमार विकले दिए ।

बागमती प्रदेश ०३–००१ व ०९३७ नम्बरको इलेक्ट्रोनिक (इभी) माइक्रोबस पानी परेर सडक चिप्लो भएका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान प्रहरीको छ ।

माइक्रोबसमा १४ जना यात्रु सवार थिए । दुर्घटनापछि सबै घाइतेलाई तत्काल आबुखैरेनी अस्पताल पुर्‍याइएको थियो ।

Advertisement

उपचारका क्रममा चितवनको भरतपुर महानगरपालिका–१८ की ५५ वर्षीया बुझमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइक्रो चालक लमजुङ बेसीशहर नगरपालिका–८ का ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री