बिहीबार, १५ चैत २०८०

एनआईसी एशिया बैंकले एकैसाथ पायो बेस्ट ब्राण्ड अवार्ड र बेस्ट इम्प्लोयर अवार्ड

समयपोष्ट २०७४ पुष ५ गते १४:१४

नेपालको बैंकिङ क्षेत्रमा उच्चस्तरीय वित्तीय सेवा प्रदान गरेर सर्वाधिक लोकप्रिय बनेको एन आई सी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड पाउन सफल भएको छ ।

Advertisement

बैंकले वर्ल्ड एचआरडी कंग्रेस,इम्प्लोएयर ब्राण्डिङ इन्सिच्युट र स्टार्स अफ द इन्डस्ट्री ग्रुपले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बेस्ट ब्राण्ड अवार्ड र बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड पाएको हो।
काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा अर्थ राज्यमन्त्री उदयशम्शेर जबराले अवार्ड हस्तान्तरण गरे।

कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।

यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याए बापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजीक्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो ।

यस बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटीएम काउण्टरहरु र ४ एक्स्टेन्सन काउण्टरबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ११७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री