शनिबार, ८ वैशाख २०८१

मतपरिणाम बारे निर्वाचन आयुक्तलाई ओली र दाहालले यस्तो दबाब दिएको खुलासा , यादवले के निणर्य गर्लान ?

समयपोष्ट २०७४ पुष ५ गते १०:१८

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवलाई बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् ।

Advertisement

आयुक्त डा.यादवलाई दाहाल निवास लाजिम्पाटमा भेटेर ओली र  दाहालले तत्काल निर्वाचन परिणाम पेश गर्न दबाब दिएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रमुख आयुक्तले बढीमा एक हप्ताभित्र प्रतिनिधि र प्रदेशसभा दुबैको रिपोर्ट बुझाउने बचन दिएका छन् ।

डा. यादवले राष्ट्रिय सभा र प्रतिनिधिसभाको पूरै रिपोर्ट संविधानतः एकै पटक बुझाउनुपर्ने व्यवस्था रहेको बताउँदै आएका थिए ।

यादवले राष्ट्रपतिसमक्ष पूर्ण नतिजाको प्रतिवेदन केही समय लिएर मात्रै बुझाउने अडान लिएका थिए । तर ओली र प्रचण्डको दबाबपछि उनले अडान परिवर्तन गर्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री