शुक्रबार, १४ वैशाख २०८१

होटल सोल्टीको नयाँ संचालक समिति चयन, अध्यक्षमा पुन: दिनेश बहादुर बिष्ट,अरु को को परे ?

समयपोष्ट २०७४ पुष २ गते १०:१७

सोल्टी होटल लिमिटेडको अध्यक्षमा दिनेश बहादुर बिष्ट पुन:  चयन भएका छन् । कम्पनीले  प्रेस बिज्ञप्तीमार्फत होटलको ४३ औं साधारणसभाबाट नयाँ संचालक समिति गठन भएसँगै कम्पनीको संचालक समितिको दिनेश बहादुर बिष्टलार्इ पुन: कार्यकारी अध्यक्ष नियुक्त गरेको जानकारी दिएको हो ।

Advertisement

नयाँ संचालक समितिमा संस्थागत शेयरधनीहरु मध्येबाट नियुक्ती हुने चारजनामा दिनेश बहादुर बिष्ट, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ र जया राज्यलक्षमी शाह निर्विरोध भएका छन्।

यस्तै नेपाल वायूसेवा निगमको तर्फबाट गणेश बहादुर चन्द तथा विदेशी लगानीकर्ता होलिडे इन्स इन्भेष्टमेन्ट नेपाल हङकङबाट नियुक्त हुने एकजना संचालकमा अनन्थ रामचन्द्रन नियुक्त भएका छन्।

बिज्ञप्तीमा सर्वसाधारण शेयरधनीका तर्फबाट शशीराज पाण्डे, निरञ्जन कुमार टिवरेवाला र प्रकाश विक्रम खत्री निर्विरोध निर्वाचित भएको उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री