बुधबार, ३ कार्तिक २०७८

रिजाल भन्छन् : अब विकास र समृद्धिका लागि काम गर्छु

समयपोष्ट २०७४ मंसिर २८ गते ७:१७

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताएका छन् ।

Advertisement

जिल्ला निर्वाचन कार्यालय मोरङले आज विराटनगरमा आयोजना गरेको प्रमाणपत्र प्रदान कार्यक्रममा पूर्व सञ्चारमन्त्रीसमेत रहेका रिजालले मोरङको २ नं क्षेत्रका जनताले आफूप्रति विश्वास गरेकाले अब विकास र समृद्धिका लागि काम गर्ने बताए । उनले भने, “मोरङको २ नं क्षेत्रमा सडक निर्माण, बिजुली बत्तीको समस्या, नदीले कटान गर्दा हुने समस्या छन् ती समस्यालाई मैले हल गर्नुपर्छ ।

त्यस्तै मोरङ क्षेत्र नं २ (१)का प्रदेश सांसद शिवनारायण गनगाईंले विकास निर्माण नै मेरो प्राथमिकता भएको बताए ।

त्यस्तै मोरङ क्षेत्र नं २ (२)का प्रदेश सांसद लीलाबल्लभ अधिकारीले विकासमा सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले समस्या ब्यूँताउनेभन्दा समस्या हल गर्ने तर्फ लाग्ने बताए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री