बिहीबार, १३ वैशाख २०८१

लगातार तीनपटक विजयी भएका प्रभु साहले धान्लान ५१ किलोको माला

समयपोष्ट २०७४ मंसिर २६ गते ५:३९

रौतहट निर्वाचन क्षेत्र नं ३ बाट लगातार तेस्रोपटक जित हात पार्न सफल नेकपा माओवादी केन्द्रका मन्त्री प्रभु साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

Advertisement

वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी भएका उनलार्य कटहरियाका बसिन्दाले ५१ किलो बराबरको माला लगाएर स्वागत गरेका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार सुनिलकुमार यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा झण्डै १० हजारको फराकिलो मतअन्तरले पराजित गरी मन्त्री साह विजयी भएपछि स्थानीय वाम गठबन्धनका युवा संगठनले उनलार्य स्वागतमा सास्कृतिक कार्यक्रम समेत गरेका थिए ।

नवनिर्वाचित सांसद एवं बिनाविभागीय मन्त्री साहले यो ऐतिहासिक जित पूरै क्षेत्र, जिल्ला र समग्र देशकै जित भएको बताए । राजनीतिक स्थिरता, स्थायी सरकार र विकासको निमित्त वाम गठबन्धनलाई मत दिएका सबै मतदाताप्रति उनले कृतज्ञता व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री