शुक्रबार, १६ चैत २०८०

काबेलीको हकप्रदमा अवितरित १२ हजार ५ सय ८७ कित्ता सेयर लिलामीमा

समयपोष्ट २०७४ मंसिर १९ गते ५:१९

काबेली विकास बैंकले  हकप्रदमा अवितरित साधारण समूहतर्फको सेयर मंगलबारबाट लिलामीमा राखेको छ । बैंकले १२ हजार ५ सय ८७ कित्ता सेयर लिलाम मार्फत बिक्री गर्न लागेको हो । बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । बैंकको लिलामी सेयरमा मंसिर २९ गते शुक्रबारसम्म बोलपत्र पेश गर्न सकिन्छ ।  बैंकको लिलामी सेयरमा विक्री प्रबन्धक र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विरागनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट बोलपत्र पेश गर्न सकिन्छ । बैंकका अनुसार तोकिएका संकलन केन्द्रहरुबाट सबै बोलपत्र निष्काशन तथा विक्री प्रबन्धककहाँ प्राप्त भैसकेपछि बोलपत्र खुला गरिने मिति, समय, र स्थानको बारे जानकारी गराईने छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री