मंगलबार, ११ वैशाख २०८१

निर्वाचनविरोधी गतिविधि हुन नदिन सीमानाका ७२ घन्टाका लागि बन्द

समयपोष्ट २०७४ मंसिर १९ गते ३:२१

सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै १८ मंसिरको बेलुका ५ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको जनाएको छ ।

केही दिनअघि भारतको पलियामा बसेको अन्तरदेशीय बैठकमा निर्वाचनका लागि सीमानाका बन्द गर्ने सहमति भएको थियो ।

यस अवधिमा मतदातालाई भने आवागमनमा कुनै रोक नलगाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘मतदानका लागि नेपाल आउनेलाई भने सहज प्रवेशको व्यवस्था गर्नेछौँ,’ उनले भने ।

निर्वाचन नजिकिएसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीसँगै नेपाली सेनाले पनि विभिन्न स्थानमा अस्थायी बेसक्याम्प खडा गरेर सुरक्षा व्यवस्था मजबुत पारेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री