शनिबार, २९ वैशाख २०८१

आज मध्यरातबाट मौन अवधि, मौन अवधिमा के के गर्न पाईदैन

समयपोष्ट २०७४ मंसिर १८ गते ५:३२

आज मध्यरात १२ बजेबाट दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु भएपछि दलहरुले मतदान नसकिएसम्म एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न पाउँदैनन् । 

Advertisement

मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा निर्वाचन आयोगले एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारको उम्मेदवारी समेत रद्ध गर्नसक्छ । साथै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिहृन र प्रचार सामग्री पनि दलहरुले हटाएको हुनुपर्नेछ । 

दोस्रो चरणको निर्वाचनबाट १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ तथा प्रदेश सभातर्फ २ हजार ८१९ उम्मेवार प्रतिस्पर्धामा छन् । दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री