शुक्रबार, १४ वैशाख २०८१

मलेसियामा नेपालीहरुबीच झगडा हुँदा एकको मृत्यु,साथीलेनै तीन तला माथिबाट धक्का दिए

समयपोष्ट २०७४ मंसिर १७ गते ६:१२

मलेसियाको काम्पुङ आचेमा नेपाली-नेपालीबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको जनाईएको छ । तर मृतकको परिचय भने खुलाईएको छैन । उनलाई तीन तला माथिबाट नेपालीलेनै धक्का दिएको स्थानीय प्रहरीले जनाएको छ । 

Advertisement

शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।

उनको टाउकोमा चोट लागेको थियो । उनी पन्जा बनाउने फ्याक्ट्रीमा काम गर्दथे । शवलाई राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री