बिहीबार, ६ वैशाख २०८१

यस्तो छ,बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना

समयपोष्ट २०७४ मंसिर १७ गते ४:५४

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार गरिएको छ ।  सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडीलाई पनि बालविवाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो । 

Advertisement

रणनीतिक कार्ययोजना निर्माणका लागि जिल्लाका सरोकारवालासँग छलफल गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताए । जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, किशोरीवृत्त, प्रतिष्ठित धामी समूह, पत्रकारलगायत सरोकारवालाले छलफल गरी रणनीतिक कार्ययोजना तयार पारेको हो । 

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तर्जुमा परामर्श गोष्ठीमा सहभागीले बालविवाह न्यूनीकरणका लागि पाँच वर्षसम्म गर्नुपर्ने काम बारे छलफल गरेर कार्ययोजना बनाएको हो । यसअघि सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरेको थियो । किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न र बालविवाह अन्त्यका लागि कानून कार्यान्वयन गर्न सो रणनीति प्रभावकारी हुने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री