शुक्रबार, १४ वैशाख २०८१

अजोड इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, आईपीओ निष्काशन प्रस्ताव पारित

समयपोष्ट २०७६ पुष १४ गते १३:११

Advertisement

अजोड इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन प्रस्ताव पारित गरेको हो ।

यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ८ र नियमावलीको नियम २६ मा संशोधन गर्ने तथा अन्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।

दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शी वनाउने उद्देश्यले फाष्ट ट्रयाक दाबी भुक्तानी निति अवलम्वन गरि २ लाख रुपैयाँ सम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ।

साथै, डिजिटल इन्स्योरेन्सका लागि चार्टबोर्डको परीक्षणको रुपमा आरम्भ गरिएको छ । डिजिटल बीमा शुल्क भुक्तानीका लागि कम्पनीले आईएमइ पे, खल्ति, सेलपे र एनआईसी एशिया मर्चेन्ट म्यानेजमेन्ट सर्भिस जस्ता सेवाहरुको कार्य आरम्भ गर्ने कार्यको लागि सम्झौता भईसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री