शुक्रबार, १४ वैशाख २०८१

खनारमा सन्राइज बैंकको १२६औं शाखा संचालनमा

समयपोष्ट २०७६ मंसिर १६ गते १९:३४

Advertisement

सन्राइज बैंकले सुनसरी स्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ ।

सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्घारिका लाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका छन् ।

सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीम बहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा ए.टि.एम को उद्घाटन गरे ।उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

हालसम्म बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री