अनलाइन प्रणालीमा सुधार नभएको भन्दै लगानीकर्ताहरुको चारवटा संघ संस्थाले नेपाल स्टक एक्सचेञ्ज कार्यालय घेराउ गरेका छन् । पूँजीबजारमा लगानी गरेका १५ लाख लगानीकर्ताहरुको १४ खर्ब बढी सम्पत्तिको सुरक्षामै गम्भीर चुनौती देखा परेको भन्दै नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघले संयुक्त रुपमा नेप्से कार्यालय सोमबार घेराउ गरेका हुन् ।
उनीहरुले अनलाइन प्रणाली ल्याउँदा भ्रष्ट्राचार भएको भन्दै त्यसको छानबिन गर्नसमेत माग गरे । आन्दोलनका क्रममा संघका पदाधिकारीवाहेका लगानीकर्ताले कारोबार नगर्ने चेतावनीसमेत दिएका छन् । संघहरुले भने आन्दोलनका कार्यक्रम यथावत राखेर कारोबारलाई निरन्तरता दिने जनाएका छन् ।
महँगोमा प्रणाली ल्याए पनि त्यसले काम नगरेको भन्दै प्रणाली किन्दा भ्रष्ट्राचार भएको लगानीकर्ताको आरोप छ। उनीहरुले भ्रष्ट्राचारको छानबिन गर्नु पर्ने माग गरेका छन्।









प्रतिक्रिया