बिहीबार, १ साउन २०८२

एलिजा गौतमलाई नेपालकै पहिलो अफ-रोडर इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स हस्तान्तरण

समयपोष्ट २०८१ मंसिर ५ गते २१:२७


नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले अभिनेत्री, निर्माता, र प्राइम टाइम्स टेलिभिजनकी प्रबन्ध निर्देशक एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर अल-इलेक्ट्रिक एसयूभी “जेइको जेसिक्स” हस्तान्तरण गरेको छ।

Advertisement

काठमाडौँको चाबहिलस्थित आधिकारिक डिलरसिप एबिटि मोटर्समा आयोजित कार्यक्रममा एलिजा गौतम र पत्रकार ऋषि धमलालाई गाडी हस्तान्तरण गरिएको हो। सो अवसरमा एसपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, एबिटि मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ, र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थिति थियो।

जेइको जेसिक्स नेपालको पहिलो अफ-रोडर इलेक्ट्रिक एसयूभी हो। यसमा ६५.६९ किलोवाट-आवरको ब्याट्री, १३५ किलोवाटको मोटर, र ४०० किमिको डब्लुएलटीपी रेन्ज छ। यसको २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र स्पोर्टी डिजाइनले साहसिक यात्राका लागि विशेष बनाएको छ। अत्याधुनिक प्रविधि र शक्तिशाली क्षमताले जेसिक्सलाई अफ-रोडिङका लागि भरपर्दो र वातावरणमैत्री गाडी बनाएको छ।

गत फेब्रुअरी २०२४ मा नेपाली बजारमा प्रवेश गरेको ओमोडा एन्ड जेइकोले छोटो समयमै ७०० भन्दा बढी गाडी डेलिभर गरेको छ। ब्रान्डले देशभर फैलिएको डिलर नेटवर्कमार्फत उच्चगुणस्तरका इलेक्ट्रिक गाडी उपलब्ध गराउँदै दिगो मोबिलिटीलाई प्रवर्द्धन गरिरहेको छ।

जेइको जेसिक्सले नेपाली गाडी पारखीहरूलाई अफ-रोडिङ र दिगो मोबिलिटीको उत्कृष्ट मिश्रणको अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री