आइतबार, १६ कार्तिक २०८२

एसबिआई बैंकको खुद नाफा ४७ करोड ९१ लाख रुपैयाँ

समयपोष्ट २०८० कार्तिक १७ गते ८:५१

Advertisement

नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.६२ प्रतिशत कम हो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि निष्क्रिय कर्जा बढेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न पुगेको हो।

Advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.०६ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा ०.३६ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २३.८४ प्रतिशत घटेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ६४ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ८ रुपैयाँ ७ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ८६ पैसा घटेर १८ रुपैयाँ ९४ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ६९ पैसा रहेको छ।

१० अर्ब १२ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ६.५४ प्रतिशत बढेको छ भने कर्जा २.११ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री