शनिबार, ८ वैशाख २०८१

झूठो समाचार लेखेर मिडियाले बद्नाम गर्न खोज्यो : देउवा

समयपोष्ट २०७३ कार्तिक २४ गते १०:४४


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले भारतमा दलाई लामाको प्रतिनिधिलाई भेटेको भनेर मिडियाले झूठो प्रचार गरेको बताएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै देउवाले भारतमा दलाई लामाको प्रतिनिधिलाई भेटेको झूठो समाचार लेखेर मिडियाले बदनाम गराउँन खाजेको बताएका हुन् । 

Advertisement

पत्रकारहरुसंग कुरा गर्दै देउवाले दलाई लामाको प्रतिनिधिलाई भारतमा भेटेको भन्नु कपोलकल्पित र झूठो भएको प्रष्ट पारे ।

 देउवाले पत्रकारहरुमाझ भने, ‘जुन कार्यक्रममा म सहभागी भएको छु, त्यस कार्यक्रमको मञ्चमा हामी चार जना थियौं । भाषण गरेर म सिधै होटेलमा गएको छु,’ उनले भने  ‘एक चीन नीतिबारे भारतको एउटा नेता त बोल्न डराउँछ भने मैले कहाँबाट भेट्ने ?’

त्यस्तै देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा आफूले संविधान संशोधन गरेर कार्यान्वयन गर्ने अन्तिम तयारी भइरहेको जानकारी गराएको समेत बताए । मोदीले पनि सबैलाई समेटेर अघि बढ्न सुझाव दिएको देउवाले जानकारी दिए ।

देउवा भारत भ्रमण सकेर बुधबार स्वदेश फर्किएका हुन् । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री