
परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२ औ संस्करणको शीर्ष १३ मा प्रवेश गर्न सफल भएकी छन् ।
गत नोभेम्बर १४ का दिन भएको १६ जना प्रतियोगीहरुको प्रस्तुतिसँगै परिजिता शीर्ष १३ मा पुगेकी हुन् ।
मेरिल्याण्डकी नेपाली मूलकी १७ वर्षीय परिजिता अब अर्को हप्ता हुने प्रतिस्पर्धामा १३ जना प्रतिस्पर्धीसँग भिड्नेछिन । द भ्वाइस प्रतियोगितामा छनौट हुने उनी प्रथम नेपाली मूलकी अमेरिकी हुन् ।
गत नोभेम्बर १४ सोमबारका दिन भएको प्रस्तुतिसँगै मतदान सुरु भएको थियो ।
अमेरिका, नेपाल लगायत विश्वभरि छरिएर रहेका नेपाली समुदायले परिजितालाई समर्थन गर्दै मतदान गरेका थिए । द भ्वाइसका निर्णायक र प्रशिक्षकहरुको छनौट र रोजाइको कारण परिजिता शीर्ष १६ मा पुग्न सफल भएता पनि १३ औ स्थानमा पुग्न केवल जनताको मतदानबाट मात्र सम्भव भएको हो ।








प्रतिक्रिया