भारतीय विदेशमन्त्री एस जयशंकर रुस भ्रमणमा

भारतीय विदेशमन्त्री एस जयशंकर रुस प्रस्थान गरेका छन् ।

Advertisement

सोमबार विदेशमन्त्री जयशंकर रुस प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले रुसी समकक्षीलगायतका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । मंगलबार उपप्रधानमन्त्री, व्यापार तथा उद्योग मन्त्री डेनिस मान्तुरोभ र रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गर्ने तय भएको छ ।

“परराष्ट्र मन्त्रीले रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई भेट्ने छन्। छलफलमा द्विपक्षीय मुद्दाका साथै विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रममा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ’,विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने ।

विदेशमन्त्री जयशंकरले बालीमा यही नोभेम्बर १५ देखि १६ सम्म हुने जी २० सम्मेलनको पूर्वसन्ध्यामा रुसको भ्रमण गरेका हुन् । जहाँ रूसका शीर्ष नेताहरू फेब्रुअरीमा युक्रेनमा युद्ध सुरु भएदेखि पहिलो पटक पश्चिमी नेताहरूसँग आमनेसामने हुनेछन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री