एलआइसीद्धारा उत्कृष्ट अभिकर्ता तथा एजेन्सी सम्मानित

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले उत्कृष्ट कार्य सम्पादन गर्ने चार सय भन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मानित गरेको छ ।

Advertisement

कम्पनीले काठमाडौँमा आयोजित एक कार्यक्रममा अभिकर्ता तथा एजेन्सीलाई सम्मानित गरेको हो ।

कार्यक्रममा एलआइसी इण्डियाका अभिकर्ता भरत पारेखले आफ्ना अनुभवहरु बाँड्दै अभिकर्ताहरुलाई उत्प्रेरित गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक एलपी दासले वर्तमान विषम परिस्थितका बाबजुद कम्पनीले बिमाको माध्यमबाट आम मानिसको जीवनमा आइपर्ने जोखिमलाई न्युनिकरण गरि आम नागरिकको विश्वास जित्न सफल भएको बताए ।

एलआइसी नेपाल करीब तेइस वर्ष अघि स्थापना भएको हो । यो नेपालको अग्रिणी बिमा कम्पनीको रुपमा रहेको छ । एलआइसीले निरन्तर उत्कृष्ट तवरले बीमित तथा सेवाग्राहीहरुलाई सेवा पुर्याइरहेको छ । नेपालका कुनाकाप्चामा बिमा सेवा विस्तार गर्न यसले अग्रिणी भुमिका खेलेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री