बुधबार, १९ वैशाख २०८१

सेयर बजारमा आज पनि हरियाली

समयपोष्ट २०७९ कार्तिक १६ गते १५:४५

Advertisement

तिहारपछि लगातार हरियो भएको सेयर बजार आज पनि ७.३२ अंक बढेर बन्द भएको छ। नेप्से परिसूचक ७.३२ अंक बढेर १९३८.३० विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ स्टकको २९ हजार ४७ पटकको कारोबारमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बराबरको ४३ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहको परिसूचकमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।

Advertisement

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, नबिल बैंकको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने रिडी हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री