शुक्रबार, १४ वैशाख २०८१

गरिमा विकास बैंक १५औं वर्षमा

समयपोष्ट २०७८ मंसिर ७ गते १९:२५

Advertisement

गरिमा विकास बैंक लिमिटेडले स्थापनाकालको १४औं बसन्त पार गर्दै १५औं बसन्तमा प्रवेश गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ ।
करिब ६ लाख निक्षेप एवं कर्जा खाताहरु मार्फत ग्राहक माझ संचालनमा रहेको यस विकास बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सुचकहरुमा सन्तोषजनक प्रगति गर्दै आईरहेको छ ।

यस विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ र यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गर्यो ।

रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको छ ।

यस्तै बैंकले निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ ।

पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।

यस बैंकले’Access to All’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री