शुक्रबार, ४ जेठ २०८१

ज्योति लाईफको जिवन बीमा कोष शत प्रतिशतले वृद्धि

समयपोष्ट २०७८ कार्तिक ३० गते २१:४२

Advertisement

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कूल बीमा शुल्कमा ५० प्रतिशत वृद्धि भई ८१.७८ करोड रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशत वृद्धि गर्दै ९.२३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धि र सञ्चालन खर्चमा सन्तुलन लगायत कारणले कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशत वृद्धि भई ६६.१० करोड रुपैयाँ कायम भएको कम्पनीले जानकारी दिएको छ ।

जीवन बीमा कोषमा १०१ प्रतिशत वृद्धि भई ४.५५ अर्ब रुपैयाँ कायम गर्न कम्पनी सफल भएको देखिन्छ । जीवन बीमा कम्पनीको बलियो आधार तथा एक महत्त्वपूर्ण सूचकको रूपमा जीवन बीमा कोषलाई लिइन्छ, जसले बीमितहरुले पाउने बोनस दरमा समेत सकारात्मक प्रभाव पार्छ । ज्योति लाइफ घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र इन्स्योरेन्स कम्पनी हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री