बुधबार, ९ जेठ २०८१

टेलिकमको खुद नाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ

समयपोष्ट २०८१ वैशाख ३१ गते ९:०८

Advertisement

नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ६.८२ प्रतिशत घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ८.९० प्रतिशत घटेको छ भने कुल आम्दानी ६.०३ प्रतिशत घटेको छ। सो अवधिमा कम्पनीको वित्तीय खर्च ६६.८२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३५ पैसा बढेर ४१ रुपैयाँ ४४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१२ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.१३ गुणा रहेको छ।

Advertisement

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री