हायर पर्चेज कर्जाको जोखिम भार घट्यो
समयपोष्ट
२०८१ जेठ ४ गते १२:१४
केन्द्रीय बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएको छ ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिने केन्द्रीय बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।
प्रतिक्रिया