शुक्रबार, ४ जेठ २०८१

९.११ प्रतिशतले बढ्यो नेपाल इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०७८ कार्तिक ३० गते १५:४३

Advertisement

नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.११ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ६.८५ प्रतिशतले बढेर २० करोड ३५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

Advertisement

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत ४ करोड ४८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४५ करोड २ लाख रुपैयाँ र बीमा कोषमा ६२ करोड ३९ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात ४२.०१ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री