
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ महिनामा ५५ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा ३१ करोड २३ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ७६.९९ प्रतिशतले नाफा बढाएको हो।
बैंकको आम्दानी बढ्दा उसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.९७ प्रतिशतले बढेर ८९ करोड १७ लाख रुपैयाँ पुगेको छ भने फि कमिशन आम्दानी पनि ४१.४६ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको सञ्चालन आम्दानीमा पनि २८.५१ प्रतिशतको बृद्धि देखिन्छ।
नाफा बढेसँगै बैकको प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ९५ पैसाबा बढेर २० रुपैयाँ ६८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा र मुल्य आम्दानी अनुपात १५.९६ गुणा छ।
हाल १० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २९ करोड ७१ लाख रुपैयाँ छ।
समिक्षा अवधिमा बैकले १ खर्ब १७ अर्ब रुपैययाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा पनि सामान्य घटेर ०.४९ प्रतिशतमा झरेको छ।










प्रतिक्रिया