बिहीबार, १५ चैत २०८०

‘मिस युनिभर्स’को उपाधि साउथ अफ्रिकाकी डेमी नेल पीटर्सलाई

समयपोष्ट २०७४ मंसिर ११ गते १०:२२

यस वर्षको मिस युनिभर्सको उपाधि साउथ अफ्रिकाकी २२ वर्षिय डेमी ले नेल पीटर्सले हात पारेकी छिन् । आईतबार लस भेगसमा सम्पन्न प्रतियोगितामा उनले ९१ प्रतिस्पर्धीलाई पछि पार्दै यो ताज हात पारेकी हुन् ।

Advertisement

त्यस्तै फस्ट रनरअपको ताज कोलम्बीयाकी लारा गोन्जालिजले हात पारिन् भने जमैकाकी दाभिना बेनेट सेकेन्ड रनरअप भइन् । नेपालबाट नग्मा श्रेष्ठले पहिलो पटक मिस युनिभर्समा प्रतिनिधित्व जनाएकी थिइन् ।

ms

डेमी ले यो ताज जितेसँगै अफ्रिकाले दोस्रोपटक मिस युनिभर्सको ताज जितेको छ । यसअघि सन् १९७८ मा मार्गरेट गार्डिनरले यो ताज जितेकी थिइन्। याे ताजसँगै झन्डै ३९ वर्षको खडेरीलाई डेमीले तोडिदिएकी छन् ।

‘मिस युनिभर्स आत्मविश्वासी हुन जरुरी छ।’ डेमी ले भनिन्, ‘मिस युनिभर्स त्यो महिला हो, जसले थुप्रै डरहरूको सामना गरेकी हुन्छिन् र साथै उनले अरु महिलाहरूको डरलाई पनि घटाउन मद्धत गर्छे र मलाई लाग्छ म त्यस्तै महिला हुँ।’

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री