शुक्रबार, १४ वैशाख २०८१

सानिमा माई हाइड्रोको १ लाख ४६ हजार ५९२ कित्ता सेयर लिलामीमा,आवेदन दिने अन्तिम मिति कहिले ?

समयपोष्ट २०७४ मंसिर ११ गते ८:३०

सानिमा माई हाइड्रोपावर कम्पनीले हकप्रदमा नबिकेको एक लाख ४६ हजार ५९२ कित्ता सेयर लिलामीमा राखेको छ । कम्पनीको लिलामी सेयरमा लगानीकर्ताले मंसिर ११ गतेदेखि मंसिर १९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

Advertisement

कम्पनीले साउन २७ देखि भदौ २९ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्दा अवितरित सेयर अहिले लिलामी मार्फत विक्री गर्न लागेको हो ।

कम्पनीको सेयर  विक्री प्रबन्धक सनराइज क्यापिटलले रहेको छ ।  शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ । ५० हजार भन्दा बढीको आवेदन गर्ने आवेदकले गुड फर पेमेन्ट चेक मार्फत आवेदन गर्नुपर्नेछ ।

शिलबन्दी बोलपत्र आवेदन काठमाडौं उपत्यकाभित्र सनराइज क्यापिटल कमलपोखरीमा तथा उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा बुझाउन सकिनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री