’सानिमा इक्विटी फण्ड’ को आवेदन कहिले देखि खुल्दै ?
समयपोष्ट
२०७४ मंसिर ४ गते ५:४०
सानिमा क्यापिटलले ल्याएको ’सानिमा इक्विटी फण्ड’ मा मंसिर १२ गतेबाट आवेदन खुल्ने भएको छ । क्यापिटलले ल्याएको एक अर्ब २० करोड रुपैयाँको ’सानिमा इक्विटी फण्ड’ मा लगानीकर्ताले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १०० इकाई देखि २४ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
यस योजनाले १ करोड ८० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रबद्र्धक सानिमा बैंक लिमिटेडका लागि सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गर्न लागेको हो ।
उक्त फण्डमा छिटोमा मंसिर १३ गते तथा ढिलोमा मंसिरमा २६ गतेसम्म आवेदन दिन सकिनेछ । आश्वा प्रणालीको सदस्य रहेका सबै बैंक तथा वित्तिय संस्थाहरुबाट सानिमा इक्वीटी फण्डमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया