मंगलबार, ४ वैशाख २०८१

बूढीगण्डकी जलविद्युत आयोजना : ‘चिनीयाँ आउट भारतीय इन’

समयपोष्ट २०७४ कार्तिक ३० गते २:३३

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् ।टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन (सिजिजिसी) लाई दिने समझदारी रद्ध गरेको दाबी गरेको छ ।

Advertisement

त्यहाँ लेखिएको समाचारमा सिजिजिसीलाई आउट गरेर भारतीय सरकारी कम्पनीलाई इन गराउने तयारी स्वरुप सम्झौता रद्ध पारिएको उल्लेख छ । त्यसबेला लाइसेन्स दिने र अहिलेके खारेजी दुवै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हाबी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री