शनिबार, ८ वैशाख २०८१

सिभिल बैंकले तोक्यो बुक क्लोज मिति

समयपोष्ट २०७४ कार्तिक २७ गते ६:४५

सिभिल बैंकले सेयरधनी पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । ४० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि बैंकले सेयरधनी पुस्तिका बन्द गर्ने मिति तय गरेको हो । बैंकले आगामी मंसिर ५ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । हकप्रद सुरक्षित गर्न चाहनेहरुले मंसिर ४ गते सम्ममा सेयर खरिद गरिसक्नुपर्ने छ ।  बैंकले हकप्रद निष्काशनको मिति भने तय गरेको छैन । अहिले दोस्रो बजारमा सिभिलको प्रतिकित्ता सेयर २३० रुपैंयामा किनबेच भैरहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री