बुधबार, १२ वैशाख २०८१

‘गाईबस्तु र खेतबारी हेर्ने मात्र हैन, सांसद छान्ने पनि महिलानै निर्णायक’

समयपोष्ट २०७४ कार्तिक २४ गते २:३७

चुनाव आउन तीन साता पनि छैन, जुम्लाका पुरुष मतदाता भने मौसमी व्यापार र रोजगारीका लागि दिनहुँ लर्को लागेर तराई झरिरहेछन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरू पुरुष मात्र छन् ।

Advertisement

तर मौसमी व्यापार र रोजगारीका लागि पुरुष मतदाता भने दिनहुँ जिल्ला छाडिरहेका छन् । त्यसैले जुम्लाको यसपटकको चुनावी नतिजामा महिलाको मत निर्णायक बन्दै छ ।  

चुनाव आउन तीन साता पनि छैन । दिनहुँ सयौं मतदाता लर्को लागेर व्यापार र रोजगारीका लागि तराई झरिरहेका छन् । मध्यम वर्गका पुरुष कम्बल, ब्ल्यांकेट र गलैंचाको व्यापार गर्छन् भने निम्न वर्गीयहरू भारतमा ज्याला मजदुरीका लागि जाने गरेका छन् ।
सिंजा क्षेत्रका आधा पुरुष मतदाताले चुनावमा भाग लिने सम्भावना नै छैन ।  गोठीज्युलाका ४६ वर्षीय बिर्खबहादुर थापा मौसमी व्यापारका लागि शुक्रबार घरबाट निस्कँदै छन् ।

उनी सुरुमा काठमाडौं जानेछन् । त्यहाँ उनले झन्डै एक लाखको काम्लो, ब्ल्यांकेट र गलैंचा अर्डर गरिसकेका छन् । बिक्री गर्न यसपटक झापा जाँदैछन् । ‘१८/२० दिनमा त्यो बिक्न गाह्रै छ,’ उनले कान्तिपुरसित भने, ‘चुनाव भनेर काम छाडेर बस्न पनि भएन, भोट हाल्न आउन मुस्किलै छ ।’ कान्तिपुरदैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री