मंगलबार, ६ चैत २०८०

बीएचएमको माग बढ्दो छ : प्रजित के तिमल्सिना, प्रिन्सिपल, नर्भिक बिजनेस कलेज

समयपोष्ट २०७४ कार्तिक २० गते ३:२९

हामीले पोखरा विश्वविद्यालयबाट बीबीए र बीएचसीएम कार्यक्रम सञ्चालन गरिरहेका छौँ । अहिले हामीले बीएचएममा ४८, बीबीएको दुईवटा सेक्सन भएकाले ९६ जना विद्यार्थीहरू छन् । कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्दैनौँ । हाम्रो भर्खरै मात्र एउटा व्याच पास आउट भएको छ । अहिलेको यो पाँचौँ व्याच हो । 

Advertisement

बीएचसीएम भनेको व्याचलर इन हेल्थ केयर म्यानेजमेण्ट हो । युरोपियन मुलुकहरूमा यस विषयसँग सम्बन्धित धेरै कोर्सहरू हुन्छ । नेपालमा यो विषय भित्रिएको धेरै समय भएको छैन । स्टार हस्पिटलहरूमा ओभरअल प्रशासनका पार्टहरू, म्यानेजमेण्टका पार्टहरू कसरी गर्ने भन्ने विषयका कुराहरू बीएचसीएममा अध्यापन गराइन्छ ।

अस्पतालसँग सम्बन्धित म्यानेजमेण्टका प्रोसेसहरू यसमा पढाइ हुन्छ । यसको स्कोप भनेको अस्पताल मात्र होइन । हेल्थ इन्स्योरेन्स, आईएनजीओ, स्वास्थ्यसँग सम्बन्धित जति पनि कार्यक्रमहरू भइरहेका हुन्छन् । अब अहिले एमआर हुनका लागि बीएचएमको कोर्स आवश्यक हुने जस्ता कुराहरू उठिरहेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री