बिहीबार, १३ वैशाख २०८१

विकास बैंक समूहमा रहेको माईक्रोफाईनान्स आजबाट छुट्टियो, नेप्समा परिसूचक थपियो

समयपोष्ट २०७४ कार्तिक १५ गते ५:५१

नेप्सले विकास बैंक समूहमा रहेको (माईक्रोफाईनान्स )लघुवित्त कम्पनीहरुलाई अलग्गाएर छुट्टै समूहगत परिसूचक थप गरेको छ । नेप्सले बुधबारबाट नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका कम्पनीहरुलाई समावेशगरी लघुवित्तको कारोबार मापन गर्ने परिसूचक थप गरेको हो । 

Advertisement

साबिकको विकास बैंक समूहमा रहेका ७१ कम्पनीमध्ये अब लघुवित्त समूहमा ३३ वित्तीय संस्थाहरुलाई रहने नेप्सेले जनाएको छ । यसअघि लघुवित्त कम्पनीहरुको पनि विकास बैंक समूहभित्रै कारोबार मापन हुँदै आएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री