सोमबार, २३ असार २०८२

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

समयपोष्ट २०८२ असार १९ गते १८:५०


जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Advertisement

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पाठक बिहीबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए। साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा दायर गरेको थियो।

साइबर ब्युरोमा परेको ५९ वटा जाहेरीका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गत एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबी गरिएको छ।

निवेदकले पाठकले आफ्नो तस्बिरसहित ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र) को पैसा’ शीर्षकमा सामग्री प्रकाशन गरेको आरोप लगाएका छन्। उक्त सामग्रीमा ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने उल्लेख थियो। निवेदकले यो सामग्रीले आफूमाथि घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा जाहेरी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री