शनिबार, ८ वैशाख २०८१

नबिल बैंकको खुद नाफा ८५ करोड ,यस्तो छ आम्दानी विवरण

समयपोष्ट २०७४ कार्तिक १५ गते ५:४०

नबिल बैंकले अघिल्लो बर्षको यसै अबधिको तुलनामा करिब साढे पाँच करोड रुपैयाँले नाफा बृद्धि गरेको छ । गत बर्षको यसै अबधिमा  ७९ करोड ८३ लाख रुपैयाँ नाफा गरेको बैंकले 

Advertisement

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

ब्याजदर बृद्धिको प्रभाव स्वरुप बैंकको ब्याज खर्च उच्चदरमा बढेको कारण यो बर्ष नाफा बृद्धिदर छ प्रतिशतमा खुम्चिएको देखिएको छ । गत बर्षको असोजमा ४५ करोड २२ लाख रुपैयाँ ब्याज खर्च गरेको बैंकले चालु आर्थिक बर्षमा एक अर्ब १४ करोड रुपैयाँ खर्चिएको छ। 

ब्याज खर्च उच्च दरमा बढेको कारण आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी नौ करोड रुपैयाँले मात्र बृद्ध भएको छ। असोजसम्ममा बैंकले एक अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको हो।

बैंकले एक खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९४ अर्ब ९८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले अघिल्लो वर्षको यहि अबधिमा एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८३ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

बैंकले एक वर्षमा चुक्ता पूँजी एक अर्ब ८५ करोड रुपैयाँ बढाएको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा छ अर्ब ९० करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको पूँजी कोष अनुपात ११.८० प्रतिशतबाट बढेर १२.५० प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा १.११ प्रतिशत रहेको छ। बैंकको चुक्ता पूँजी बढेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको प्रति शेयर आम्दानी ३४ रुपैयाँबाट ३० रुपैयाँमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री