बुधबार, ५ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

समयपोष्ट २०७६ मंसिर ११ गते १९:२६

Advertisement

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितीले कम्पनीमा नायव महाप्रन्धक पदमा शरण रेग्मीलाई मंसीर १० गते देखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ बर्ष काम गरिसकेका छन् । त्यस्तै युनाईटेड इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडमा ७ बर्ष सगरमाथा इन्स्योरेन्स लिामिटेडमा ८ बर्ष र सिद्धार्थ डेभलपमेण्ट बैंक लि. (हाल जनता बैंक लि.) मा ६ बर्ष काम गरिसकेका छन् । उनको आइएमई जनरल इन्स्योरेन्समा ४ बर्षको लामो अनुभव रहेको छ ।

बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको शुच्छम अध्ययन गरी सहायक स्तरबाट आफनो सेवा शुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री