शुक्रबार, १४ वैशाख २०८१

इनरुवामा सन्राइज बैंकको १२४औँ शाखा संचालनमा

समयपोष्ट २०७६ मंसिर १ गते २०:३८

Advertisement

सन्राइज बैंकले सप्तरीस्थित इनरुवामा १२४औँ शाखा संचालनमा ल्याएको छ ।

आइतबार इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा एक कार्यक्रमकाबीच शाखाको कार्यालयको उद्घाटन गरे ।

आइतबारनै बैंकको इनरुवा वडा १ का वंडा अध्यक्ष राम चन्द्र पोद्घार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रुपमा ए.टि.एम को पनि उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। सोही उद्घाटन समारोहमा श्री जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउदैं लाने जनाउनु भयो ।

हालसम्म सन््राइज बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री