शनिबार, ३ साउन २०८२

सुन चाँदीको मूल्य वृद्धि

समयपोष्ट २०८२ साउन १ गते ११:२७

सुन र चाँदीको मूल्यमा बिहीबार सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ। यो बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले बढी हो। बुधबार सोही सुनको मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला २ हजार २६० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ५ रुपैयाँ बढेर २ हजार २६५ रुपैयाँ पुगेको छ।

आजैदेखि सरकारले सुनचाँदीमा २ प्रतिशत विलासिता कर लागू गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री