बुधबार, २ जेठ २०८१

टिभीएसको अपाचे रेस ट्रयाकको लागि छनौट रेस सम्पन

समयपोष्ट २०७६ कार्तिक २७ गते १२:००

Advertisement

नेपालको लागि टिभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टिभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट प्रतियोगीता सम्पन गरेको छ ।

यस छनौट चरण पार गर्न सफल भएका २५ जना टिभीएस अपाचे राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउनेछन् ।

टिभीएसले गत वर्ष पनि यस्तै रेस ट्रयाक योजना संचालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना संचालन गरेको जानकारी दिन हुँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने “हामी हाम्रो टिभीएस राइडरहरुलाई बाइकको नयाँ डिजाइनसँगै नयाँ नयाँ रोमाञ्चक अनुभूति प्रदान गर्न पनि दत्तचित्त हने गर्दछौं र त्यसैको एक उदाहरण यो मद्रास रेस ट्रयाक पनि हो । रेस ट्रयाकमा बाइक कुदाउने र त्यसबाट अन्तर्राष्ट्रिय अनुभव संगाल्ने नेपाली बाइक राइडरहरुको सपना रहने गरेको छ र हामी त्यही सपना पूरा गराउने कोशिस गरिरहेका छौं ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री