शनिबार, १५ वैशाख २०८१

सनराइज बैंकको खुद नाफा ३७ प्रतिशतले वृद्धि

समयपोष्ट २०७६ कार्तिक २२ गते ११:३७

Advertisement

सनराइज बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३७.०६ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा

४५ करोड ४३ लाख ६७ हजार खुद मुनाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १५ करोड ८३ लाख ६२ हजार मात्रै रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ३.२६ प्रतिशतले वृद्धि गर्दै ७७ अर्ब ८९ करोड ४६ लाख ६६ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ अर्ब ४३ करोड २१ लाख ५० हजार निक्षेप संकलन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ५.३५ प्रतिशतले वृद्धि गर्दै ७२ अर्ब ५५ करोड १८ लाख ७१ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६८ अर्ब ८६करोड ५८ लाख १० हजार कर्जा लगानी गरेको थियो ।

८ अर्ब १५ करोड २५ लाख ५५ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ९४ करोड ९३ लाख ३८ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब १० करोड ५ लाख १४ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ३३.९१ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ८२ करोड १८ लाख ११ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ २९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५५ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात १०.७२ गुणा, पुँजीकोष अनुपात १२.७५ प्रतिशत, खरब कर्जा १.२७ प्रतिशत, आधार ब्याजदर ९.९७ प्रतिशत, कोषको लागत ७.१२ प्रतिशत, सिसिडी रेसियो ७८.०६ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ४.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री