त्रिशूली नदीमा २ जनाको शव फेला
समयपोष्ट
२०८२ असार २४ गते ११:०८
धादिङ जिल्लाको त्रिशूली नदीको किनारमा दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–२, क्यरेनीटार र गजुरी गाउँपालिका–६, बेल्खुस्थित नदी किनारमा ती शवहरू भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले दिएको जानकारीअनुसार शवको अवलोकनबाट तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ। शवको स्थिति र आकृतिका आधारमा मृतक दुवै जना पुरुष रहेको पुष्टि भएको छ।
प्रतिक्रिया