बिहीबार, १३ वैशाख २०८१

डाक्टरले जलाएर मारिन् श्रीमानकी प्रेमिका र उनका ६ वर्षका छोरा, यस्तो छ पुरा घटना

समयपोष्ट २०७६ कार्तिक २२ गते १०:०९

Advertisement

एक महिला चिकित्सकले श्रीमानकी प्रेमिका र उनका ६ वर्षीया छोरालाई ज्युँदै जलाएर हत्या गरेकी छन् ।

भारत राजस्थानकी सीमा गुप्ता नामकी ती चिकित्सकले श्रीमानकी प्रेमिका बस्ने राजस्थानको भरतपुरस्थित पौश कोलोनीमा रहेको घरभित्र आगो लगाएर बाहिरबाट ढोका बन्द गरिदिएर हत्या गरेकी हुन् ।

घटनामा आमा र बालक दुवैको तत्काल जलेर मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनका पति पनि पेशाले चिकित्सक नै हुन् ।

उनीहरुको एउटा क्लिनक छ । क्लिनकको रिसेप्सनमा काम गर्ने २५ वर्षीया दीपा गुर्जर नामकी युवतीसँग आफ्ना पति डा. सुदीप गुप्ताकोे ‘अफेयर’ चलेको थाहा पाएपछि डा. सीमाले ती युवतीलाई जागिरबाट हटाइदिइन् । तर, उनका श्रीमान र ती महिला प्रेममा लिप्त भइसकेका थिए ।

उनीहरु त्यसपछि पनि टाढिन सकेनन् । लुकेर भेटघाट गर्दै रहे । यतिसम्मकी डा. सुदीपले युवतीका लागि छुट्टै घरसमेत किनिदिए । सोही घरमा आफ्नी सासुलाई समेत लिएर गएकी डा. सीमा र युवतीबीच केहीबेर भनाभन भयो । भनाभनपछि उनी बाहिर निस्किइन् र साथमा लगेको प्रज्ज्वलनशील पदार्थ टेबलमा छर्किएर लाइटरले सल्काइदिइन् ।

हत्तपत्त बाहिर निस्केर उनले ढोकाको लक बन्द गरिदिइन् । युवतीका आमाछोरा जलेर मरे । यसैबीच स्थानीय प्रहरीले डा. सुदीप, डा. सीमा र सुदीपकी आमा सुलेखालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री