बिहीबार, १५ चैत २०८०

एनएमबि बैंकको शेयर कारोबार खुल्यो

समयपोष्ट २०७६ कार्तिक २१ गते ११:२७

Advertisement

ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेर एकीकृत कारोबार थालेको एनएमबि बैंकको शेयर कारोबार खुला भएको छ ।

बैंकको करिब डेढ महिना पश्चात कार्तिक बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुला भएको हो ।

नेप्सेमा बुधबार ओमतर्फको १ करोड ९१ लाख १५ हजार ७९० कित्ता शेयर स्वाप रेसियो अनुसारको समायोजन गरि एनएमबि बैंकको नाममा सूचीकरण भएसँगै बिहीबारदेखि नेप्सेमा (साबिकको ओमका शेयरधनीको पनि) एनएमबि बैंकको नाममा शेयर कारोबार खुला भएको हो ।

दुबै बैंकको एनएमबि बैंकको नामबाट एन एम बि संकेतमा शेयर कारोबार खुलेको छ। मर्जरपश्चात बैंकको पहिलो शेयर कारोबारको लागि नेप्सेले ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ । सोहि रेञ्जलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुला भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री