राजधानीमा विद्युतीय बस सेवा शुरु, बिद्ययासुन्दरसंगै बसेर प्रधानमन्त्री ओली पुगे सिंहदरबार
समयपोष्ट
२०७५ कार्तिक ६ गते ७:५३
आजबाट राजधानीमा साझा यातायात प्रा.लिले विद्युतीय बस सेवा शुरु गरेको छ । ललितपुरको पुलचोकस्थित साझाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बस सेवा सञ्चालनको उद्घाटन गरे ।
प्रधानमन्त्री ओलीले विद्युतीय बस सेवाको उद्घाटन गर्दै विद्युतीय बसमा सिंहदरवारसम्म यात्रा गरे । कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, काठमाडौँका मेयर विद्यासुन्दर शाक्य तथा ललितपुरका मेयर चिरीबाबु महर्जनको उपस्थिति रहेको थियो । अपाङ्ग मैत्री यस बसमा चालकसहित २० जना यात्रु बस्न मिल्छ ।
चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको ५ वटा विद्युतीय बस ल्याउने केही समयअघि नै घोषणा गरेको थियो ।
ती मध्ये दुईवटा बस काठमाडौँ आइसकेको छ । एडिबीले विद्युतीय बस खरिदमा सहयोग गरेको हो । यी बसहरु साझाको व्यवस्थापनमा रहने छन् ।
प्रतिक्रिया