शुक्रबार, १६ जेठ २०८२

हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

समयपोष्ट २०८२ जेठ १६ गते २१:४७

Advertisement

यामाहा नेपालले नेपालको चर्चित रियालिटी शोहिमालय रोडिजको सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सरको रूपमा सहभागी हुने घोषणा गरेको छ । यस पटकको सिजन ‘हेल अर हेभन’ भन्ने रोमाञ्चक थिमसहित फर्किएको छ ।

हिमालय टिभीमा साप्ताहिक रूपमा प्रशारण हुन हिमालय रोडिज अन्तर्राष्ट्रिय शो एमटिभी रोडिजबाट प्रेरित नेपालकै सबैभन्दा लोकप्रिय रियालिटी शो हो । कठोर चुनौती, अप्रत्याशित मोडहरू र सशक्त स्टोरी टेलिङले भरिएको यस शोले प्रतियोगीहरूलाई नेपालको सुन्दर भौगोलिक परिवेशमा लगेर शारीरिक र मानसिक रूपमा परीक्षा लिन्छ ।

पर्फर्मेन्स, स्टायल र एडभेन्चरसँग पहिचान जोडिएको ब्रान्डको रूपमा यामाहा नेपालले सधैं युवा राइडरलाई प्रेरित गर्दै आएको छ । यामाहाले विगत छ वर्षयता निरन्तर रुपमा हिमालय रोजिडमा स्पोन्सर गर्दै आएको छ ।

एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालका अनुसार यामाहा र रोडिजको साझा डीएनए छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री