बिहीबार, १३ कार्तिक २०८२

आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च

समयपोष्ट २०८२ कार्तिक १३ गते ९:०२

Advertisement

आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनमा बढ्दो क्रममा रहने महाशाखाले जनाएको हाे।

कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्ने र केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

Advertisement

नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउन तथा सम्भावित बाढीबाट बच्नका लागि आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री