शनिबार, १ कार्तिक २०८२

ग्राहकहरूलाई खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

समयपोष्ट २०८२ असोज २० गते २२:३६


एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ ।

Advertisement

ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा आवश्यक भएकाले बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ ।

ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । यसका साथै, ग्राहकहरूले बैंकको कुनै पनि शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिकको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार, प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण ईडीटीएसमा सो प्यानमा स्वतः प्रविष्ट हुनेछ, जसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ । यदि ग्राहकले प्यान अद्यावधिक नगरेका कारण कर विवरण ईडीटीएसमा दाखिला नभएमा, बैंक त्यसको जिम्मेवार हुनेछैन ।

यसैगरी, पहिले प्यान उपलब्ध गराए पनि करकट्टी विवरण समावेश नभएमा, ग्राहकहरूले नजिकैको शाखा वा ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री