मंगलबार, २४ असार २०८२

जब शेष घलेकी श्रीमतीले करोडौंको ब्रासलेट अदालत परिसरमा खसालिन्

समयपोष्ट २०८१ कार्तिक १२ गते १२:४९

Advertisement

अस्ट्रेलियाकी व्यापारी शेष घलेकी श्रीमती जमुना घले गुरुङले जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदा आफ्नो करोडौंको हिराको व्रासलेट हराइन् । अदालतमा भिडभाडका बीच यो घटना घटेको हो। घटना गत बिहीबारको हो ।

घले अदालतमा पुग्दा ब्रासलेट लगाएको अवस्थामा थिए, तर मुद्दा सकेर फर्कने समयमा उनलाई त्यो व्रासलेट हराएको थाहा भयो। उनले अदालतमा आफ्नो सामान गुमेको भन्दै गुनासो गरिन्।

शुक्रवार, अदालतले घटनाको पुनः खोजी सुरु गर्यो। सीसीटिभी फुटेज जाँच गर्दा एक कानुन व्यवसायी शङ्कास्पद देखिए । जसले व्रासलेट खल्तीमा हाल्दै गरेको देखिन्थ्यो। जिल्ला अदालत बार एसोसिएसनको सहयोगमा कानुन व्यवसायीलाई पहिचान गरी सोधपुछ गर्दा उनले व्रासलेट फिर्ता गरे।

जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार, व्रासलेट अदालतको फोहोरमा फेला परेको थियो र कानुन व्यवसायीले त्यसलाई सामान्य वस्तु सम्झी टिपेका थिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री